नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

-



     सफल आवाज    
     असार १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ असार । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीका अनुसार साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि असार १९ गते मंगलबार असार १९ गते बुकक्लोज गरिने भएकाेले आजसम्म लाभांश सुरक्षित गरिसक्नु पर्नेछ ।

कम्पनीले जनाए अनुसार आजसम्म सेयरधनीहरुले नेपाल स्टक एक्सचेन्जमा सेयरकाे काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन र लाभांश पाउन याेग्य मानिनेछन्।

कोषको २८ औँ सभासाधारण सभा असार ३१ गते बाेलाइएकाे छ । सभा काेषकाे केन्द्रिय कार्यालय, सीआईटी बिल्डिङ, नयाँ बानेश्वरमा बाेलाइएकाे छ । साधारण सभा अपरान्ह ३ बजे बाेलाइएकाे हाे ।

सभाबाट अहिले कायम भएकाे चुक्ता पूँजीको २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने गर्ने विशेष प्रस्तावलाइ अनुमाेदन गरिनेछ ।

यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुकाे तर्फबाट एजनाक सञ्चालक चयन गर्ने, लेखापरीक्षककाे नियुक्ति तथा पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पनि पारित गरिनेछ ।