सुनको भाउमा सामान्य गिरावट, चाँदीको स्थिर

-



     सफल आवाज    
     असार १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ असार । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ सामान्य घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा रुपैयाँ १ सयले घटेको जनाएको छ । चाँदीको भाउ स्थिर रहि आईतबारकै भाउमा कारोबार भईरहेको छ ।

छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ यसदिन स्थिर रहि तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ७० रुपैयाँमा नै कारोबार भएको थियो ।