
काठमाडौं, १९ असार। बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि रिभर्स रिपो जारी गरेको छ । केन्द्रीय बैंकले आज मंगलबार पुन: २० अर्ब रुपैयाँको रिपाे जारी गरेको हो।
प्रणालीमा तरलता बढेपछि साे तान्ने मौद्रिक औजारका रूपमा रिभर्स रिपोलाइ लिइन्छ। राष्ट्र बैंकले यसअघि चैत १० गते ५ अर्बको रिभर्स रिपो जारी गरेको थियो। त्यस्तै असार ७ मा १० अर्ब रुपैयाँकाे र असार १० गते २० अर्ब रुपैयाँकाे रिभर्स रिपो जारी गरिसकेकाे जनाएकाे छ।
नेपाल राष्ट्र बैंकका अनुसार बैकिङ प्रणालीमा हाल करिब ४० अर्ब रुपैयाँ अधिक तरलता छ। तरलता बढेपछि त्यसलाई तान्न राष्ट्र बैंकले चालु आर्थिक वर्षमा चौथो पटक याे रिभर्स रिपो जारी गरेको बताएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




