नेप्सेमा १२.७३ अंकको बृद्धि, कारोबार रकम २ अर्ब ५७ करोडमा सिमित

-



     सफल आवाज    
     असार १९ गते २०८० मा प्रकाशित



काठमाडौं, १९ असार । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा हरियाली छाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.६१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.२८ अंकले बढेर ३८८.६२ विन्दुमा पुगेको छ ।

१३ वटै उयसमूहहरुमा हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ । आज कुल २८२ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ६४ लाख ५० हजार ९३४ कित्ता सेयरको खरिदबिक्री भएको छ । यसदिन कुल कारोबार २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारकोआधारमा सबैभन्दा धेरै सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको सेयर कारोबार भएको छ । सो ट्रष्टको १२ करोड १७ लाख ८ सय ३० रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धरै सिटि होटल लिमिटेडको सेयरमूल्य बढेको छ । सो होटलको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै बिपिडव्लु लघुवित्त बित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको हो ।