मध्य भोटेकोशी जलविद्युतको दुई साधारण सभा आज हुँदै

-



     सफल आवाज    
     असार २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० असार । मध्य भोटेकोशी जलविद्युत कम्पनीको वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीकाे दुई आर्थिक वर्षका १० औं र ११ औं वार्षिक साधारण सभा आज हुन लागेकाे हाे । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । 

सभामा दुबै वर्षकाे वार्षिक प्रतिवेदन, नाफा–नोक्सानकाे हिसाब, नगद प्रवाह लगायतका एजेण्डाहरुमा छलफल गर्न लागिएकाे छ । साथै सभामा सञ्चालक समितिमा रहने सदस्यहरुकाे चयन, प्रबन्धपत्र, नियमावलीकाे संशोधन दगायतका प्रस्तावहरुमाथि  छलफल गरिने भएकाे छ । 

सभाले आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । कम्पनीले यसैकाे प्रयाेजनका लागि असार ६ गते बुक क्लोज गरेका थियाे ।

सभामा भाग लिनका लागि सेयरधनीहरुले असार ५ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएकाहरुले मात्रै सभामा भाग लिन पाउनेछन् ।