
काठमाडौं, २० असार । ‘एनएबबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९०’ NMBD89/90 आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज र एनएमबि बैंकबीच १०.७५ वार्षिक व्याजदर भएको १० वर्षे अवधिको “एनएबबि डिबेञ्चर १०.७५ प्रतिशत ८९/९०” NMBD89/90 को सूचीकरण बारे आज सम्झौता भएको छ ।
क्रम संख्या नं १ देखि ४० लाख सम्मको अंकित तथा चुक्ता मूल्य, रुपैयाँ १ हजार कfमय भएको कुल ४० लाख कित्ता डिबेञ्चर अर्थात ऋणपत्रलाई सूचीकरण गर्ने बारेमा सम्झौता भएको हो ।
कम्पनीले यसअघि सर्वसाधारणका लागि एनआईबिएल एस क्यापिटल (धितोपत्र निष्काशनकर्ता) मार्फत खुल्ला बिक्री आव्हान गरेको थियो । सर्वसाधारणका लागि वितरण गरिएको ४० लाख कित्ता ऋणपत्र असार १५ गते गते गरिएको निर्णय अनुसार सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।
नेपाल स्टक एक्सचेन्ज र एनएमबि बैंकबीच सो डिबेञ्चर सूचीकरणको सम्झौता भईसकेकोले दोश्रो दिन अर्थात बिहिबार असार २१ गतेबाट दोश्रो बजारमा कारोबार शुरु हुनेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




