आइएमई लाइफकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     असार २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ असार । आइएमई लाइफ इन्स्योरेन्सकाे सेयर (आईपीओ)मा आजदेखि आवेदन खुल्ला भएकाे छ । यसअघि असार २० गतेबाट सेयर खुल्ला गर्ने बताइएकाेमा प्राविधिक कारणले आजका लागि मिति सारिएकाे थियाे ।

इन्स्योरेन्सले जनाए अनुसार प्रतिशेयर रुपैयाँ १०० अंकित दरमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर प्रतिशेयर २३६ रुपैयाँ ९१ पैसामा कायम गरी सेयर खुलाइएकाे हाे।

इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर खुलाउन लागेको छ। यसमा १२ लाख कित्ता सेयर वैदेशिक राेजगारमा गएका नेपालीहरुका लागि बाँडफाँड भइसकेकाे छ ।

६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि तथा ६ लाख कित्ता कर्मचारीहरुका लागि रहेकाे छ। सर्वसाधारण लगानीकर्ताले ९६ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। यसका लागि असार २५ गतेसम्म आवेदन दिने मिति ताेकिएकाे छ । साे अवधिमा माग अनुसारकाे आवेदन नपरेमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले घटीमा १० र बढीमा १० हजार कित्ता माग गर्न सक्नेछन् ।

सेयर भर्न चाहने इच्छुक लगानीकर्ताले सेबाेनबाट स्वीकृति लिएका सिआस्बा सेवामा सदस्य रहेका बैंक तथा वित्तयि संस्थाहरु र शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन् । यस्तै मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन पाइनेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।