
काठमाडौं, २४ असार । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि प्रिमियममा आईपीओ खुलाएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि प्रिमियममा सेयर जारि गरेकाे हाे ।
कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १६ रुपैयाँ थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा ५ लाख ७२ हजार ६५ कित्ता सेयर स्थानिय जनताका लागि जारि गरेकाे हाे । यसका लागि पोखरा महानगरपालिका वडा नं. १३, १४, २६ र २७ र लेखनाथ नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७) का स्थानिय बासिन्दाहरुले आवेदन दिन पाउनेछन्।
८५ लाख ८१ हजार १०० रुपैयाँ बराबरको प्रतिकित्ता ११६ रुपैयाँका दरले ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारमा गएकाहरुकाे लागि रहेकाे छ । निवदेकले घटीमा १० कित्ता र बढीमा ५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।
आयोजना प्रभावित क्षेत्रका जनताले साउन ७ गतेसम्म आवेदन दिन सक्नेछन् । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा साउन २२ गते आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारमा गएकाहरुले साउन ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले ४.५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजना प्रबर्धन गरिरहेको छ । यसकाे लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ । विद्युत उत्पादनकाे अवधि साडे २२ वर्ष बाँकी छ।
स्थानियले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंक र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्। साथै मेरो सेयर अनलाइनबाट आवेदन दिन पाउनेछन्। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




