नेप्सेमा २८.३८ अंकको बृद्धि, ३ अर्ब ४२ करोडको कारोबार

- कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्स अब्बल

-



     सफल आवाज    
     असार २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ असार । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा सकारात्मक माहोल खडा भएको छ । नेप्से उकालो लागेपछि लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७ विन्दुमा उक्लिएकोे छ । नेप्सेमा १.३८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ६.३५ अंकले बढेर ३८८.५१ विन्दुमा पुगेको छ ।

१३ उपसमूहरु सबैमा हरियाली छाएको छ । उनीहरुको सबैको सेयर बढेको छ ।

यसदिन कुल २८७ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ८३ लाख ५२ हजार ५७६ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ४२ करोड ५ लाख ४३ हजार ९६१ रुपैया १ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १८ करोड ६० लाख ७२ हजार ६० रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ६.६५ प्रतिशतले घटेको छ ।