अमेरिकी डलरको भाउ घट्यो, यूरो स्थिर, अन्य कति ?

-



     सफल आवाज    
     असार २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोको भाउ स्थिर रहेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ३० पैसा र बिक्रिदर १३१ रुपैयाँ ९० पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७० रुपैयाँ ४१ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५० रुपैयाँ १३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८३ पैसा बिक्रीदर ८८ रुपैयाँ २३ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ ३२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७८ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ११ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५५ पैसा रहेको छ ।

आजको मूल्यसूची