
काठमाडौं, २८ असार । आशा लघुवित्तले असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने बताएकाे छ । राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेर संस्थाले एकीकृत काराेबार गर्ने भएकाे हाे ।
नेपाल राष्ट्र बैंकले दुवै संस्थालाई एकीकृत कारोबार गर्नका लागि असार २२ र सेबाेनले असार २६ गते अन्तिम स्वीकृति दिएका हुन्।
आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई १ः१ को सेयर स्वाप अनुपातमा प्राप्ति गर्न लागेको छ। दुवै संस्थाहरुबीच गएकाे चैत २९ मा एक्विजिसनका लागि प्रारम्भिक रुपमा सम्झौता भएकाे थियाे ।
आशा लघुवित्तको चुक्ता पुँजी ४० करोड बढी छ । राष्ट्र उत्थान लघुवित्तकाे २६ करोड रहेकाे छ । आशाकाे रजिष्टर्ड कार्यालय नुवाकोटको मदरपुरमा रहेको छ । उता राष्ट्र उत्थानकाे कार्यालय काभ्रे जिल्लाकाे बनेपा साँगामा रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




