सुनको भाउ घट्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     असार ३१ गते २०८० मा प्रकाशित



काठमाडौं, ३१ असार । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन तथा पूरानो आर्थिक वर्षको अन्तिम दिन नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन भाउ तलमाथि भएको छैन । चाँदी शुक्रबारकै भाउ कायम भई तोलाको १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।