आयल निगमले डिजेलमा रु ५, पेट्राेलमा रु ६ र ग्यासमा रु १० ले भाउ घटायाे (मूल्यसूचीसहित)

-



     सफल आवाज    
     असार ३१ गते २०८० मा प्रकाशित



काठमाडौं, ३१ असार । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाएकाे छ । निगमले स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेपछि डिजेल, पेट्राेल र खाना पकाउने ग्यासकाे मूल्य घटाएकाे हाे ।

निगमकाे सञ्चालक समितिले गरेकाे निर्णय अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको सूचना प्रकाशन गरेकाे छ । यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँ घटेकाे निगमले जनाएकाे छ । 

मूल्य घटेपछि काठमाडाै उपत्यका पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँमा पाइनेछ । डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ भने ग्यासको मूल्य प्रतिसिलिण्डर १७९० रुपैयाँ कायम गरिएकाे निगमले जनाएकाे छ ।

मूल्यसूची