डलरको भाउ स्थिर, यूरो बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     श्रावण १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ भने बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रिदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । यूरो १ को खरिददर १४७ रुपैयाँ २९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १७१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५२ रुपैयाँ १९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ७१ पैसा बिक्रीदर ९० रुपैयाँ १२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ २५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७० पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७२ पैसा रहेको छ ।

आजको मूल्यसूची :