सन नेपाल लाइफको आईपीओ आजदेखि खुल्ला

-



     सफल आवाज    
     श्रावण १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ साउन । सन नेपाल लाइफ इन्स्योरेन्सले आजबाट सेयर आईपीओ खुलाएकाे छ । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याउन स्वीकृति लिएकाे थियाे ।

कम्पनीले पहिलो चरणमा ९ लाख ६० हजार कित्ता सेयरमा प्रतिकित्ता १३९ रुपैयाँ थपेर प्रतिकित्ता २३९ रुपैयाँमा वैदेशिक रोजगारमा गएका नेपालीहरुका खुलाइएकाे हो।

सेयर भर्न चाहने विदेशमा रहेका लगानीकर्ताले आवेदन दिने मिति साउन १५ गतेसम्म ताेकिएकाे छ । यसका लागि घटीमा १० तथा बढीमा २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ।

सेयरमा आवेदन दिनका लागि विदेशमा राेजगार गरिरहेका नेपालीले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र ताेकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ । साथै मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।