सोमबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

-



     सफल आवाज    
     श्रावण १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ साउन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुनचाँदी आईतबारकै भाउमा खरिदबिक्री भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन तोलाको १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार पनि छापावाल सुन तोलाको १ लाख १२ हजार २ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुन तोलाको १ लाख ११ हजार ६ सय ५० नै रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउमा पनि यसदिन फेरबदल भएको छैन । चाँदी आज तोलाको १ हजार ४ सय ८० रुपैयाँमा दरिखबिक्री भईरहेको छ । आईतबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ८० रुपैयाँमा नै कारोबार भएको थियो ।