नेप्से २१४४.१६ विन्दुमा उक्लियो, साढे २ अर्बको कारोबार

-



     सफल आवाज    
     श्रावण १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ साउन । नयाँ आर्थिक वर्षको पहिलो दिनमा नेप्सेमा उल्लासमय दृश्य देखिएको छ । नेप्सेमा देखिने यसप्रकारको उकालोको यात्राले लगानीकर्ताहरुमा उत्साह थपिएकाे छ भने अर्थबजारलाई चलायमान बनाउन सहयोग पुग्ने देखिन्छ ।

साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेप्से परिसूचक ४७.०७ अंंकले बढेर २१४४.१६ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.२४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इन्डेक्स ९.९५ अंकले बढेर ४०४.१० विन्दुमा पुगेको छ ।

१३ वटा उपसमूहहरुमध्ये एउटामा रातो लागेको छ । बाँकी १२ वटामा हरियो लागेको छ । यसदिन २५७ वटा कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ७६ लाख ३४ हजार १९० कित्ता सेयरको खरिदबिक्री भएको छ । यसबाट २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँ ७१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको १४ करोड ८६ लाख १९ हजार ४५५ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बिपिडव्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कुमारी धनबृद्धि योजनाको सेयरमूल्य घटेको छ । सो योजनाको सेयरमूल्य ८.३७ अंकले घटेको हो ।