नेप्सेको उकालोको यात्रा कायमै, साढे ३ अर्बको कारोबार

- बिपिडव्लु लघुवित्तको कारोबार अब्बल

-



     सफल आवाज    
     श्रावण २ गते २०८० मा प्रकाशित



काठमाडौं, २ साउन । नेप्सेको उकालोको यात्राले आज पनि निरन्तरता पाएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिदा लगानीकर्ताहरु उत्साहित भएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९‍.९१ अंकले बढेर २१५४.०७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.०४ अंकले बढेर ४०७.१३ विन्दुमा पुगेको छ ।

१३ उपसमूहहरुमध्ये ६ वटामा रातो लागेको छ । बाँकी ७ वटामा हरियो लागेको छ । उनीहरुको सेयरम बढेको छ । यसदिन कुल २५५ कित्ता सेयरको खरिदबिक्री भएको छ । उनीहरुको ८६ लाख ७६ हजार ४३८ कित्ता सेयरको कारोबारबाट ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँ १३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी पिबिडव्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार भएको छ । संस्थाको २१ करोड ७७ लाख ३९ हजार ८६३ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बिपिडव्लु लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सानिमा लार्ज क्याप फण्डको सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य ५.१४ प्रतिशतले घटेको छ ।