सुन तोलाको १ लाख १३ हजार १ सय पुग्यो, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     श्रावण ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ साउन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ १० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख १३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको १ लाख १२ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलाको रुपैयाँ १० ले बढेर तोलाको १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।