सुनमा रुपैयाँ ८ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

-



     सफल आवाज    
     श्रावण ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ साउन । साताको सुनचाँदीको कारोबार हुने छैटौं तथा अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा १५ रुपैयाँले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ८ सयले गिरावट भई तोलाको १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख १२ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।