विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

-



     सफल आवाज    
     श्रावण ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोसहित अन्य देशको मुद्राको भाउ स्थिर रहेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८२ पैसा र बिक्रिदर १३१ रुपैयाँ ४२ पैसा रहेको छ । यूरो १ को खरिददर १४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४६ रुपैयाँ २० पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५१ रुपैयाँ ४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १६ पैसा बिक्रीदर ८८ रुपैयाँ ५६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ २६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७१ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८४ पैसा रहेको छ ।

आजको मूल्यसूची