प्रि ओपन सेसन : नेप्सेमा २.५४ अंककाे बृद्धि

-



     सफल आवाज    
     श्रावण ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ साउन । साताकाे सेयर काराेबार हुने पहिलाे दिन आइतबार आज नेपाली सेयर बजारकाे प्रि ओपन सेसन सकारात्मक लयमा देखिएकाे छ ।

यसिदन एउटा सुखद् संयोग पनि परेकाे छ । नेपाल राष्ट्र बैंकले माैद्रिक नीति सार्नजिनक गर्ने र यसपटककाे माैद्रिक नीति सेयर बजारमैत्री हुने अपेक्षा गरिएकाे छ ।

राष्ट्र बैंकले माैद्रिक नीतिमा घर जग्गाकाे काराेबार तथा सेयर बजारमैत्री नीति ल्याउने सङ्केत दिएकाेले अर्थबजार र लगानीकर्ताहरु उत्साही बनेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.५४ अंकले बढेर २१६६.४७ विन्दुमा उक्लिएकाे छ। यसअघि बिहिबार नेप्से १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा झरेको थियो ।

आजकाे प्रि ओपनमा १७ कम्पनीहरुकाे २ हजार २२० कित्ता सेयरकाे खरिदबिक्रीबाट ८ लाख ११ हजार १३६ रुपैयाँ बराबरको काराेबार भएकाे छ। उनीहरू १३ कम्पनीहरुकाे सेयरमूल्य बढेको छ । ४ वटाकाे सेयरमूल्य घटेको छ।