राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक, केके छन् सुविधा ? (पूर्णपाठ)

-



     सफल आवाज    
     श्रावण ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेकाे छ । प्रस्तुत नीतिमा सेयर धिताे कर्जा तथा तथा घरजग्गा कर्जा खुकुलो बनाउने उल्लेख छ।

आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिमा बैंकले सेयर धितो कर्जा, रियल स्टेट कर्जा र हायर पर्चेज कर्जाका बारेमा रहेका समस्याहरुकाे व्यवस्थापनका लागि भएका प्रावधानहरुकाे पुनरावलोकन गरिने भएकाे छ ।

घर कर्जाको सीमा १ करोड ५० लाखबाट बढाएर २ करोड पुर्‍याइने भएकाे छ। वित्तीय क्षेत्रको स्थायित्व कायम राख्न व्यावसायिक तथा उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न बैकिङ्ग कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने भएकाे ।

चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने भएकाे छ । वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तर पुनःमूल्याङ्कन, बैंक तथा वित्तीय संस्थाको आन्तरिक कर्जा जोखिमकाे वर्गीकरण बारे मार्गदर्शन तर्जुमा गरेर कार्यान्वयनमा लगिने भएको छ।

विदेश जाँदा २ हजार ५०० डलरसम्मको सटही सुविधा

यस्तै विदेश जाँदा २ हजार ५०० डलरसम्मको सटही सुविधा पाइनेछ। ‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १ हजार ५०० सम्म सटही सुविधा उपलव्ध गराइने व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २ हजार ५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिने भएकाे छ ।

आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिकाे पूर्णपाठ