अमेरिकी डलर र यूरोसहित अन्य देशको मुद्राको भाउ घट्यो

-



     सफल आवाज    
     श्रावण ९ गते २०८० मा प्रकाशित


काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ । अन्य केहि देशको मुद्राको भाउ पनि घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ६१ पैसा र बिक्रिदर १३१ रुपैयाँ २१ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५३ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५१ रुपैयाँ ३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १२ पैसा बिक्रीदर ८८ रुपैयाँ ५२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ९७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४३ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ १६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६१ पैसा रहेको छ ।

आजको मूल्यसूची