मनकामना इन्जिनियरिङ्ग हाइड्रोकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     श्रावण ९ गते २०८० मा प्रकाशित


काठमाडौं ९ साउन । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकि रहेको छ। कम्पनीले असार १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका जनताका लागि ८ लाख कित्ता साधारण सेयर निष्काशन गरेकाे थियाे ।

जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशतले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयरमा दोलखाको गौरीशंकर गाउँपालिका वडा नं ५, ६, ७ र ८, बिगु गाउँपालिका वडा नं. ४ तथा कालिञ्चोक गाउँपालिका वडा नं. ३ का जनताले आवेदन दिन सक्नेछन्।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजना प्रबर्धन गरिरहेको छ । यसकाे लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ । विद्युत उत्पादन अनुमति २७ वर्ष १ महिना बाँकी छ।

लगानीकर्ताले कम्पनीको रजिष्टर्ड कार्यालय, प्रभु बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तोकिएका शाखाबाट र गौरीसंकर गाउँपालिकाको कार्यालयबाट आवेदन दिन पाउनेछन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।