नेप्सेमा ३७.६२ अंकको गिरावट, करिब ३ अर्बको कारोबार

- सोल्टि होटल लिमिटेडको कारोबार अब्बल

-



     सफल आवाज    
     श्रावण ९ गते २०८० मा प्रकाशित


काठमाडौं, ९ साउन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दिनमा उछाल आएको भएपनि त्यसपछिका दिनहरुमा नेप्सेमा लगातार गिरावट भईरहेको छ।

मौद्रिक नीतिले सेयर बजार लगायतका क्षेत्रहरुलाई संवोधन गर्ने आशय दिएतापनि लगानीकर्ताहरु ढुक्क हुन सकेका छैनन् । बैंकिङ क्षेत्रमा व्याजदर घट्दै जाने बैंकर्ष संघले बताईरहँदा नीजि क्षेत्र भने असन्तुष्ट रहेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३७.६२ अंकले घटेर २१६२.८७ विन्दुमा झरेको छ । नेप्सेमा १.७० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ७.८४ अंकले घटेर ४१०.९४ विन्दुमा रहेको छ ।

कुल २६७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ७५ लाख १३ हजार ३९९ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ८३ करोड ८ लाख ७१ हजार ४४७ रुपैयाँ २१ पैसा बराबरको कारोबार भएको छ ।

कुल १३ उपसमूहहरुमध्ये एउटामा हरियो लागेको छ । बाँकी १२ वटा उपसमूहहरुमा राताे लागेको छ । कारोबारको आधारमा सबैभन्दा बढी सोल्टि होटल लिमिटेडको सेयर कारोबार भएको छ। सो होटलको १५ करोड ४ लाख ९८ हजार ९३१ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नबिल डिबेञ्चर २०८५ को सेयरमूल्य घटेको छ । सो डिबेञ्चरको सेयरमूल्य ६.८७ प्रतिशतले घटेको छ ।