अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो, अन्यको कति ?

-



     सफल आवाज    
     श्रावण १० गते २०८० मा प्रकाशित


काठमाडौं, १० साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ७० पैसा र बिक्रिदर १३१ रुपैयाँ ३० पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ ३१ पैसा र बिक्रीदर १५१ रुपैयाँ रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४३ पैसा बिक्रीदर ८८ रुपैयाँ ८४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ १९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६४ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८० पैसा रहेको छ ।

आजको मूल्यसूची