सुन तोलाको १ लाख १२ हजार ७ सय पुग्यो, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     श्रावण १० गते २०८० मा प्रकाशित


काठमाडौं, १० साउन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ १० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैया ५ सय ले बढेर तोलाको १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर आज तोलाको १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।