प्रि ओपन सेसन-नेप्सेमा ४‍‍‌.१४ अंककाे बृद्धि

-



     सफल आवाज    
     श्रावण १० गते २०८० मा प्रकाशित


काठमाडौं, १० साउन । साताकाे सेयर काराेबार हुने चाैथाे दिन बुधबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढेको छ।

नेप्से परिसूचक मंगलबार ३६.१९ अंकले घटेर २१६४.३१ विन्दुमा बजार बन्द भएको थियाे । आज नेप्सेकाे प्रि ओपन सेसनमा नेप्से परि सूचक ४.१४ अंकले बढेर २१६८.४६ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स १.४९ अंकले बढेको छ।

यस सेसनमा १७ कम्पनीहरुकाे २ हजार ९६५ कित्ता सेयरकाे खरिदबिक्री भएको छ। यसबाट ३ करोड ३२ लाख ७ हजार ७०० रुपैयाँ ६० पैसा बराबरको काराेबार भएकाे छ । १२ कम्पनीकाे सेयरमूल्य बढेको छ । ३ वटाको सेयरमूल्य घटेको छ। २ वटाकाे स्थिर रहेको छ ।