रोकिएन नेप्सेको ओरालोको यात्रा, कारोबार साढे २ अर्बमा झर्यो

-



     सफल आवाज    
     श्रावण १० गते २०८० मा प्रकाशित


काठमाडौं, १० साउन । नेप्सेमा लगातार गिरावट भईरहेको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार पनि सेयर बजारमा गिरावट आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले वर्ष २०८०÷०८१ को मौद्रिक नीति सर्वाजनिक गरकै दिनमा उछाल आएपनि त्यसपछिका दिनहरुमा नेप्सेको ओरालोको यात्रा जारी रहेको छ ।

विशेष गरी लामो समयदेखि सेयर लगानीकर्ताहरुका माग यथोचित रुपमा संवोधन नभएपछि र मौद्रिक नीतिको सार्वजनिकिकरणपछि पनि ढुक्क हुने स्थिति नबनेकोले यसो भएको जानकार बताउँछन् । उनीहरुकाे ४÷१२ काे क्यापलाई हटाउनु पर्ने लगायतका मागहरु अझैं यथावत रहेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.११ अंकले घटेर २१५६ विन्दुमा झरेको छ । नेप्स्ोम ०.३७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.०५ अंकले घटेर ४०९.११ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये दुईवटामा हरियो लागेको छ । बाँकी ११ वटामा रातो लागेको छ । यसदिन २६० कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७६७ रुपैयाँ ५७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी ग्लोबल आईएमएई बैंक लिमिटेड प्रोमोटर सेयरको कारोबार भएको छ । सो सेयरको कारोबार १५ करोड १२ लाख ५३ हजार ९ सय रुपैयाँ बराबरको भएको छ ।

सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ६.९६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै जाल्पा सामुदायिक लघसवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ६.४९ प्रतिशतले घटेको हो ।