
काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ बढेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९० पैसा र बिक्रिदर १३१ रुपैयाँ ५० पैसा रहेको छ । यूरो १ को खरिददर १४५ रुपैयाँ ६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७३ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६९ रुपैयाँ १२ पैसा र बिक्रीदर १६९ रुपैयाँ १२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४९ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४८ पैसा बिक्रीदर ८८ रुपैयाँ ८८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ ९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५५ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९ पैसा रहेको छ ।
आजको मूल्यसूची