लुम्बिनी विकास बैंककाे नाफामा सामान्य गिरावट

-



     सफल आवाज    
     श्रावण १२ गते २०८० मा प्रकाशित


काठमाडौं, १२ साउन । लुम्बिनी विकास बैंककाे नाफामा सामान्य गिरावट देखिएकाे छ । बैंककाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लाे आर्थिक वर्षको सोही अवधिकोभन्दा कम भएकाे छ ।

बैंककाे नाफा गत आर्थिक वर्षको असार मसान्तसम्ममा रुपैयाँ ६१ करोड २४ लाख रुपैयाँ रहेकाे छ । जाे अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा ३.८८ प्रतिशतले कम रहेकाे छ । गत आर्थिक वर्षमा बैंकले ६३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो। बैंककाे इम्पेरमेन्ट चार्ज बढेकाेले खुद नाफामा कमि भएकाे हाे ।

बैंकको खुद ब्याज आम्दानी २२.३१ प्रतिशतले बढकाे छ । खुद फि र कमिशन आम्दानी भने ०.११ प्रतिशत बढेको देखिन्छ। कुल सञ्चालन आम्दानी १९.५८ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा ७.७० प्रतिशत घटेको छ भने निष्क्रिय कर्जा ३.०१ प्रतिशत पुगेकाे छ । इम्पेरमेन्ट चार्ज ४० करोड पुगेपछि बैंकको सञ्चालन नाफा घटेकाे बताइएकाे छ । बैंकको वितरणयोग्य मुनाफा रुपैयाँ ३९ करोड २७ लाख रहेको छ।

बैंकको इपिएस आम्दानी पनि घटेको छ। याे १ रुपैयाँ ३० पैसा घटेर १८ रुपैयाँ ११ पैसा कायम भएकाे छ । बैंकको मूल्य आम्दानी रेसियाे २२.८१ प्रतिशत रहेको छ । नेटवर्थ १८२ रुपैयाँ १७ पैसा छ।

बैंकको चुक्ता पूँजी ३ अर्ब ३८ करोड रुपैयाँ रहेकाे छ । यसकाे जगेडा कोषमा २ अर्ब ७७ करोड रुपैयाँ रहेकाे छ । बैंकको निक्षप सङ्कलन रुपैयाँ ४९ अर्ब १३ करोड र कर्जा प्रवाह रुपैयाँ ४१ अर्ब ५६ करोड रहेकाे छ।