मिड सोलु हाइड्रोपावरकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     श्रावण १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ साउन । मिड सोलु हाइड्रोपावरले आजदेखि आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएकाहरुकाे लागि सेयर आईपीओ बिक्रीमा ल्याएकाे छ ।

कम्पनीले ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय जनताका लागि बिक्रीमा ल्याएकाे हाे ।

यसबाट ५ लाख ६१ हजार ३०० कित्ता अति प्रभावित क्षेत्र मानिने सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ६ र वडा नं ८ का लागि रहेकाे छ । यस्तै १ लाख ८७ हजार १०० कित्ता सोलुखुम्बुको आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने जनताका लागि रहेकाे छ ।

कम्पनीले ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता सेयर वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि जारी गरेकाे छ । सेयरमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले घटीमा १० तथा बढीमा १० हजार कित्ताकाे माग गर्ज सक्नेछन् ।

सेयरमा आयोजना प्रभावित क्षेत्रका जनताले साउन २८ गतेसम्म आवेदन दिन पाउनेछन् । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेमा भदौ ११ गतेसम्म आवेदन दिन सकिनेछ । उता वैदेशिक रोजगारमा गएकाहरुले साउन २८ गतेसम्म आवेदन दिन पाउनेछन्।

कम्पनीले ९.५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजना प्रबर्धन गरिरहेको छ । यसकाे लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ । आयोजनाले २०७९ पुस १५ गतेदेखि विद्युतको व्यवसायीक उत्पादन गरिरहेको छ।

लगानीकर्ताले आयोजना स्थल, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन पाउने भएका छन्।

वैदेशिक रोजगारमा गएकाहरुले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।