नेप्सेकाे ओरालोको यात्रा यथावत, साढे २ अर्बको कारोबार

-



     सफल आवाज    
     श्रावण १४ गते २०८० मा प्रकाशित


काठमाडौं, १४ साउन । साउन ७ गतेपछि ओरालो लागिरहेको सेयर बजारको ओरालोको यात्रा जारी रहेको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आज आईतबार पनि सेयर बजार ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा झरेको छ । नेप्सेमा १.२२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.१७ अंकले घटेर ३९९.६६ विन्दुमा रहेको छ ।

यसदिन कुल २६६ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ६८ लाख ६० हजार ४२ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ५० करोड २८ लाल ८६ हजार ५२७ रुपैयाँ ८७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा आज सबैभन्दा धेरै शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको १४ करोड ७८ लाख ७४ हजार ३४९ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै पिपुल्स पावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ३.५६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ६.७८ अंकले घटेको छ ।