शेयर निष्काशनबाट संकलित रकम सदुपयोग भए/ नभएको बिषयमा धितोपत्र बोर्डले सुपरिवेक्षण गर्ने

-



     सफल आवाज    
     श्रावण १५ गते २०८० मा प्रकाशित


काठमाडौं, १५ साउन। बिभिन्न कम्पनीहरूले शेयर निष्काशनबाट संकलन गरेको रकम ताेकिएकाे कार्यमा सदुपयोग गरे नगरेको बिषयमा धितोपत्र बोर्डले अध्ययन गर्ने भएको छ। बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै याे बिषयकाे उठान गरेकाे हो।

बोर्डले आफ्नो नीति तथा कार्यक्रममा धितोपत्र निष्काशनकाे समयमा कम्पनीले सार्वजनिक गरेको निष्काशित धितोपत्रबाट संकलित रकम विवरण पत्रमा उल्लेख भए अनुरूप सदुपयोग गरेको वा नगरेको विषयमा सुपरिवेक्षण गरी प्रतिवेदन तयार गरिने जनाएकाे हो।

अब बोर्डले आईपीओ, एफपीओ, ऋणपत्र, हकप्रद सेयर लगायत सबै किसिमका धितोपत्र निष्कासनको अनुसन्धान गर्ने बताएकाे छ। यसबाट लगानीकर्ताहरूकाे लगानी थप सुरक्षित हुनेछ ।