अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्य केहिको बढ्यो

-



     सफल आवाज    
     श्रावण १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरो तथा अन्य केहि देशको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ३० पैसा र बिक्रिदर १३१ रुपैयाँ ९० पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३० पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५१ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ ९२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३१ पैसा बिक्रीदर ८७ रुपैयाँ ७१ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ ६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५२ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ८ पैसा रहेको छ ।

आजको मूल्यसूची