सन नेपाल लाइफकाे आईपीओ भर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     श्रावण १५ गते २०८० मा प्रकाशित


काठमाडौं, १५ साउन । सन नेपाल लाइफ इन्स्योरेन्सकाे सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साउन १ गते प्रिमियममा सेयर जारी गरेकाेमा अहिले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर खुलाएकाे हाे ।

बिकम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याउने अनुमति लिएकाे थियाे ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरुकाे लागि ९ लाख ६० हजार कित्ता सेयरमा प्रतिकित्ता १३९ रुपैयाँ थपेर २३९ रुपैयाँमा बिक्री खुलाएकाे हो। इच्छुक लगानीकर्तनाले घटीमा १० तथा २० हजार कित्ता माग गर्न सक्नेछन्।

वैदेशिक रोजगारमा गएका लगानीकर्ताले सेबाेनबाट स्वीकृती लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरु र ताेकिएका शाखाहरु साथै मेरो शेयर अनलाइनबाट आवेदन दिन पाउनेछन्।