
काठमाडौं, १७ साउन । माछापुच्छ्रे बैंककाे लाभांश क्षमतामा सुधार देखिएकाे छ । बैंककाे प्रकाशित भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको लाभांश क्षमतामा १५ प्रतिशत बढीले बृद्धि भएकाे छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको लाभांश क्षमता प्रतिशेयर १५ रुपैयाँ २९ पैसा भएकाे छ । याे १५.२९ प्रतिशत हाे ।बैंकले अघिल्लो आर्थिक वर्ष लाभांश वितरण गरेकाे थिएन ।
बैंककाे वितरणयोग्य मुनाफा १६२.६६ प्रतिशतले बढेर १ अर्ब ५६ करोड ८७ लाख पुगेपछि लाभांश क्षमतामा बृद्ध हुन सहयाेग पुगेकाे हाे ।
बैंकको खुद नाफा ९.७५ प्रतिशत मात्र बढेको देखिन्छ। बैंकले गत आर्थिक वर्ष १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षामा साे नाफा रुपैयाँ १ अर्ब ६८ करोड ६६ लाख रहेकाे थियाे । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा बृद्धि भएपछि खुद नाफा बढेकाे हो।
बैंकको खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढ्दा खुद फि तथा कमिशन ३.१७ प्रतिशतले घटेको छ। सञ्चालन आम्दानी ८.३२ प्रतिशतले बढेको छ । सञ्चालन मुनाफा ९.९१ प्रतिशत बढेको छ भने निष्क्रिय कर्जा १.०४ प्रतिशतबाट २.१२ प्रतिशत पुगेकाे छ । याेसङ्गै बैंकको इम्पेरमेन्ट चार्ज ८२ करोड रुपैयाँ पुगेको छ।
नाफासँगै बैंकको इपिएस १ रुपैयाँ ६० पैसा बढेर १८ रुपैयाँ ५ पैसा कायम भएकाे छ। असार मसान्तसम्ममा मूल्य आम्दानी रेसियाे १२.८४ गुणा र नेटवर्थ १५९ रुपैयाँ १० पैसा रहेको छ।
बैंकको चुक्ता पूँजी रु १० अर्ब २५ करोड ७१ लाख रहेको छ । जगेडा कोषमा ६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ रहेकाे छ । निक्षेपमा ६.३१ प्रतिशतले बढेको छ । कर्जा लगानी १.६४ प्रतिशतले घटेको देखिन्छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




