काठमाडौं, १७ साउन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको जानकारी दिएको छ ।
यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनमा पनि तोलामा ६ सयले घटेर तोलाको १ लाख ११ ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदी यसदिन रुपैयाँ १५ ले गिरावट भई तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा सुनचाँदीकाे भाउमा हुने उतारचढाव र अर्थबजारमा हुने सङ्कट तथा विविध घटनाक्रमकाे कारण सुनचाँदीकाे भाउमा तलमाथि भइरहने महासंघले जनाएकाे छ ।