बिहिबार अमेरिकी डलर र यूरोको भाउ बढ्यो

-



     सफल आवाज    
     श्रावण १८ गते २०८० मा प्रकाशित


काठमाडौं, १८ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोलगायत अन्य देशको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८४ पैसा र बिक्रिदर १३२ रुपैयाँ ४४ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४१ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ २० पैसा र बिक्रीदर १५० रुपैयाँ ८९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९२ पैसा बिक्रीदर ८७ रुपैयाँ ३१ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ ११ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५६ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७ पैसा रहेको छ ।

आजको मूल्यसूची