
काठमाडौं, १८ साउन । आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाकाे सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । आज दुबै कम्पनीकाे सर्वसाधारण तथा संस्थापकहरूकाे सेयर नेप्सेमा सूचीकृत गरिएकाे नेप्सेले जनाएकाे छ ।
आइएमई लाइफ इन्स्योरेन्सका अनुसार कम्पनीकाे ४ करोड कित्ता सेयर सूचीकृत भएको हाे । कम्पनीले सर्वसाधारणका लागि जारी गरेकाे १ करोड २० लाख कित्ता सेयर तथा संस्थापकहरुकाे लगानी रहेकाे २ करोड ७० लाख कित्ता सेयर सूचीकृत गरिएकाे हाे ।
नेप्सेले पहिलो कारोबार गर्नका लागि न्युनतम १७६ रुपैयाँ ५३ पैसा देखि ५२९ रुपैयाँ ५९ पैसाकाे ओपनिङ्ग रेन्ज दिएकाे छ । यसैकाे आधारमा आइतबार देखि कम्पनीको सेयर दाेश्राे बजारमा कारोबार शुरु हुनेछ । नेप्सेले काराेबारकाे लागि ILI काेड दिएकाे छ ।
नेपाल रिपब्लिक मिडिया
नेपाल रिपब्लिक मिडियाको ९६ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको छ । सर्वसाधारणका जारी भएकाे ४३ लाख ५३ हजार कित्ता तथा संस्थापकहरुकाे लगानी रहेकाे ५३ लाख २२ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएकाे हाे ।
नेप्सेले पहिलो कारोबारको लागि कम्पनीले न्युनतम ८४ रुपैयाँ ४७ पैसा देखि २५३ रुपैयाँ ४१ पैसाकाे ओपनिङ्ग रेन्ज पाएकाे छ ।
यसैकाे आधारमा आइतबारदेखि कम्पनीको सेयरकाे दाेश्राे बजारमा कारोबार शुरु हुनेछ । कम्पनीले सेयर काराेबारकाे लागि NRM काेड पाएकाे छ ।