नेप्सेमा ३ अंकको बृद्धि, शिवम सिमेन्ट कारोबारमा अब्बल

-



     सफल आवाज    
     श्रावण १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ साउन । साताको अन्तिम सेयर कारोबार हुने दिन आज बिहिबार नेप्सेमा सकारात्मक माहाृल देखिएको छ । बजार बन्द हुनुभन्दा केहि मिनेट अघिसम्म दोहोरो अंकको गिरावटको दृश्य देखिएको थियो ।

बजार बन्द हुँदाको बखतमा भने सेयर बजारले सकारात्मक टर्निङ लिएको छ । कारोबार रकम भने अघिल्ला दिनहरुकोभन्दा कम भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनु्सार नेप्से परिसूचक ३ अंकले बढेर २०८९.८४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.१४ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स १.१५ अंकले बढेर ३९९.५४ विन्दुमा पुगेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये ५ वटामा रातो लागेको छ । बाँकी ८ वटामा हरियो लागेको छ । कुल २६२ कम्पनीहरुको ५१ लाख ३० हजार ५२० कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ७८ करोड १९ लाख ४१ हजार ७०१ रुपैयाँ ८१ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आकारमा सबैभन्दा बढी शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ९ करोड २३ लाख २६ हजार २१६ रुपैयाँ बराबरको करोबार भएको छ ।

सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्स लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ५.१९ प्रतिशतले घटेको छ ।

े