
काठमाडौं, १९ साउन। साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुनचाँदी बिहिबारकै भाउमा खरिदबिक्री भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार पनि छापावाल सुन तोलाको १ लाख १२ हजार २ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
तेजाबी सुन पनि आज स्थिर भाउ तोलाको १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार पनि तेजाबी सुन तोलाको १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको भाउमा पनि यसदिन कुनै फेरबदल भएको छैन । चाँदी तोलाको १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ४ सय २५ रुपैयाँमा नै कारोबार भएको थियो ।