
काठमाडौं, १९ साउन । सपोर्ट लघुवित्त वित्तीय संस्थाकाे नाफा उल्लेख्य बढेकाे छ । संस्थाकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणका अनससार संस्थाकाे खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको हाे ।
गएकाे वर्षमा संस्थाले रुपैयाँ २ करोड २७ लाख खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही समयकाेभन्दा १३२.२३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा संस्थाले ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। निष्क्रिय कर्जा घटेपछि जोखिम व्यवस्थापनका लागि रकम नछुट्याएकाले नाफामा बृद्धि भएकाे हो।
खुद ब्याज आम्दानी ११.२४ प्रतिशतले घटेर ७ करोड २ लाख रुपैयाँ कायम भएको छ । सञ्चालन आम्दानी भने ५५.१६ प्रतिशतले बढेर १ करोड ८३ रुपैयाँ भएकाे छ। कुल सञ्चालन आम्दानी २.७७ प्रतिशत घटेर ८ करोड ९० लाख रहेकाे छ । सञ्चालन मुनाफामा ४२.०१ प्रतिशतले बढेर १ करोड ९१ लाख रुपैयाँ रहेकाे छ।
संस्थाकाे इपीएस आम्दानी १० रुपैयाँ २८ पैसा रहेकाेमा बढेर २३ रुपैयाँ ८६ पैसा कायम भएकाे छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी रसियाे ४०.०५ गुणा छ । नेटवर्थ भने १५४ रुपैयाँ ६९ पैसा छ।
संस्थाकाे चुक्ता पूँजी ९ करोड ५२ लाख रुपैयाँ रहेको छ । जगेडा काेषमा ५ करोड २० लाख रुपैयाँ रहेकाे प्रकाशित वित्तीय विवरणमा उल्लेख छ। जगेडा कोषमा ७३.७७ प्रतिशतले बृद्धि भएकाे छ। संस्थाले रुपैयाँ ३० करोड ३३ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेकाे छ । रुपैयाँ १ अर्ब ६ करोड १९ लाख सापटी रहेकाेमा रुपैयाँ १ अर्ब ४६ करोड १६ लाख कर्जा लगानी रहेकाे जनाइएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




