नेपाल बैंकको खुद नाफामा बृद्धि, इपीएस कति ?

-



     सफल आवाज    
     श्रावण २० गते २०८० मा प्रकाशित




काठमाडौं, २० साउन । नेपाल बैंक लिमिटेडकाे नाफा बढेकाे छ । बैंककाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षकोभन्दा १६.७० प्रतिशतले बढेकाे छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले रुपैयाँ ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएकाे छ। अघिल्लो आर्थिक वर्षको सोही समयमा बैंकले रुपैयाँ २ अर्ब ९२ करोड ३२ लाख खुद नाफा गरेकाे थियो। बैंककाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेकाेले खुद नाफामा बृद्धी भएकाे हाे ।

बैंकको खुद ब्याज आम्दानी ४०.६१ प्रतिशतले बढेको छ । खुद फि र कमिशन आम्दानी ३.८३ प्रतिशतले, कुल सञ्चालन आम्दानी ३३.१६ प्रतिशतले र सञ्चालन मुनाफा २१.१९ प्रतिशतले बढेको छ।

बैंकको वितरणयोग्य मुनाफा रुपैयाँ ९७ करोड ३३ लाख रहेको छ। प्रतिशेयरकाे नाफा क्षमता ६ रुपैयाँ ६२ पैसा रहेकाे छ भने लाभांशकाे क्षमता ६.६२ प्रतिशत छ।

बैंकको एपिएस आम्दानी २ रुपैयाँ ९२ पैसाबाट बढेर २३ रुपैयाँ २२ पैसा कायम भएकाे छ। मूल्य आम्दानी रेसियाे १०.७२ गुणा रहेको छ । नेटवर्थ २४८ रुपैयाँ ९४ पैसा छ।

बैंकको चुक्ता पूँजी रुपैयाँ १४ अर्ब ६९ करोड ४० लाख रहेको छ । जगेडा कोषमा रुपैयाँ २१ अर्ब ८८ करोड ४८ लाख रहेकाे छ । निक्षेपमा २४.७२ प्रतिशतले बृद्धि भएकाे छ । बैंकको कर्जा लगानी ४.३२ प्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ।