पहिलाे दिन सुनकाे भाउ बढ्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     श्रावण २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ साउन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउमा यसदिन कुनै परिवर्तन नभई शुक्रबारकै भाउ तोलाको १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।