अप्पर लोहोरे खोला हाइड्रोकाे आइपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     श्रावण २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ साउन । अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर आइपीओमा आवेदन दिने आज साेमबार अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले साउन १८ गतेदेखि सर्वसाधारणका लागि १९ लाख ५३ हजार २७९ कित्ता सेयर निष्काशन गरेकाे थियाे ।

कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशतले हुने १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयरबाट १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारमा गएकाहरुकाे लागि जारी भइसकेकाे छ । 

कर्मचारीका लागि ३९ हजार ७६५ कित्ता रहेकाे छ । सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता रहेकाे छ । त्यसमा बाँकी रहेको सेयर सर्वसाधारणका लागि खुलाइएकाे हाे । सेयरमा माग भन्दा धेरै आवेदन परिसकेकाेले आजसम्म मात्रै आवेदन दिन दिन बाँकी रहेकाे हाे । आइतबारसम्म १० लाख ५० हजार १९६ जना लगानीकर्ताले १ करोड १९ लाख ६५ हजार १२० कित्ता माग गरिसकेका छन् ।

सेयर भर्न चाहने लगानीकर्ताले घटीमा १० तथा बढीमा २५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । सेयर भर्नका लागि सीआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट आवेदन दिन सकिनेछ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।