
काठमाडौं, २२ साउन । सेयर बजारको ओरालोको यात्रा यथावत रहेको छ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली सेयर बजारले ओरालोको यात्रालाई पछ्याएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.२१ अंकले घटेर २०४८२६ विन्दुमा झरेको छ । नेप्सेमा ०.१५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.५९ अंकले घटेर ३९०.४३ विन्दुमा रहेको छ ।
१३ उपसमूहरुमध्ये ४ वटामा रातो लागेको छ । बाँकी ९ वटामा हरियो लागेको छ । कारोबार रकम पनि अघिल्ला दिनहरुको तुलनामा कम भएको छ ।
कुल २६७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ६६ लाख ४७ हजार १४३ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँ ९८ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको ४३ करोड ६२ लाख ५९ हजार ३४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै नेपाल रिपव्लिक मिडिया लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै छ्याङ्दि हाइड्रोपावर लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ६.४५ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




