
काठमाडौं, २३ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ घटेको छ ।
आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।
अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १० पैसा र बिक्रिदर १३२ रुपैयाँ ७० पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६१ पैसा रहेको छ ।
बेलायती पाउण्ड १ को खरिददर १६८ रुपैयाँ १६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १५० रुपैयाँ ६१ पैसा र बिक्रीदर १५१ रुपैयाँ २९ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ६२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७ पैसा रहेको छ ।
सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८९ पैसा रहेको छ ।
आजको मूल्यसूची