
काठमाडौं, २३ साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्राे दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ २५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तराष्ट्रिय बजारमा भईरहेकाे व्यापार, व्यवसायमा र विभिन्न घटनाक्रमहरुकाे प्रभावले पहेलो तथा सेतो धातुको मूल्यमा तलमाथि भईरहने जनाएको छ ।
यसदिन छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि साेमबार छापावाल सुन तोलाको १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । साेमबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यसदिन चाँदीमा रुपैयाँ २५ ले गिरावट भई तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । साेमबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।